दफा १२
निरीक्षण्वा परीक्षण गर्ने अधिकार
(१) नेपाल सरकारले दफा १० बमोजिम दर्ता भएको होटल, लज,रेष्टुराँ तथा रिजटर्वा बारको निरीक्षण गर्न गराउन र त्यसमा प्रयोग गरिने खाने पिउने सामानहरूको परीक्षण गर्न गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कुनै होटल, लज, रेष्टुराँ तथा रिजर्टवा बारको निरीक्षण वा त्यसमा प्रयोग हुने सामानहरूको परीक्षण गर्दा तोकिएको स्तर बमोजिमको नपाइएमा नेपाल सरकारले त्यस्तो होटल, लज, रेष्टुराँ तथा रिजर्ट वा बारलाई तोकिएकोस्तर कायम गर्न मुनासिव माफिकको म्याद दिनेछ । केही नेपाल ऐनसंशोधनगर्ने ऐन, २०७२द्वारा संशोधित ।
(३) उपदफा (२) बमोजिम म्याद दिंदा पनि तोकिएको स्तर कायम गर्ननसकेमा नेपाल सरकारले दफा ११ बमोजिमको स्तर निर्धारण समितिको परामर्श लिई त्यस्तो होटल, लज, रेष्टुराँ तथा रिजर्ट वा बारको दर्ता निलम्वन गर्न वा तल्लो स्तरको उपयुक्त वर्गीकरण तोक्न सक्नेछ।
(४) उपदफा(३) बमोजिम दर्ता निलम्बन भएको वा तल्लो स्तरको वर्गीकरणमा तोकिएको होटल, लज, रेष्टुराँ तथा रिजर्ट वा बारको साविकको तोकिएको स्तर कायम गर्न सफल भएमा नेपाल सरकारले त्यस्तो होटल, लज, रेष्टुराँतथा रिजटर्वा बारलाई साविकको स्तरको वर्गीकरणमा दर्ता गर्न वा दर्ता निलम्वन गरिएकोमा निलम्बन फुकुवा गर्न सक्नेछ ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि दर्ता निलम्बन गरिएकोमा त्यसरी निलम्बन गरिएको मितिले एक वर्षसम्म साविकमा तोकिएको स्तर कायम गर्न नसक्ने होटल, लज, रेष्टुराँ तथा रिजर्ट वा बारको हकमा नेपाल सरकारले दफा १० बमोजिमको दर्ता खारेज गर्न सक्नेछ ।